रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग सम्झौतामा हस्ताक्षर

maitrinews

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र बिमस्टेक सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।

दुई प्रधानमन्त्रीकै उपस्थितिमा रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा समेत हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणकै बेला दुई देशबीच यससम्बन्धी सहमति भएको थियो ।

यही भ्रमणका क्रममा मोदीले भारतीय सहयोगमा पशुपति मन्दिर क्षेत्रमा निर्माण गरिएको धर्मशालासमेत हस्तान्तरण गर्नुभएको छ ।