Warning: Error while sending QUERY packet. PID=30769 in /home/maitri/public_html/wp-includes/wp-db.php on line 2007
प्रशंसा के.सी बनिन् वाईवाई ग्लोकल टिन हिरो २०१८ – Maitri News

प्रशंसा के.सी बनिन् वाईवाई ग्लोकल टिन हिरो २०१८

maitrinews


काठमाडौँ । राजधानीमा आयोजित एक बिशेष कार्यक्रमबीच प्रशंसा केसीले “वाई वाई ग्लोकल टिन हिरो २०१८” को उपाधी पाएकी छिन् । के.सीलाई माननीय मन्त्रि गोकर्ण बिस्ट तथा कार्यक्रमका निर्णायकहरुले वाईवाई ग्लोकल टीन हिरोकोउपाधि संगै ट्रफी हस्तान्तरण गरेका थिए । यसै बीच के.सी वर्ष २०१८ को फंतास्टिक टीन भएकी छिन् ।
यो बर्ष देश भरिका प्रभावशाली किशोर किशोरीहरुबाट कुल ५३२ आवेदन आएको थियो जसले उपेक्षा गरिएको उमेर समूहको किशोर किशोरी भित्र रहेको सम्भावना देखाएकोे छ । आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्राम्मिंग, रोबोटिक्स, उधमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक प्रभावबाट आफ्नो कौशलता देखाएका छन् ।
सामाजिक अभियन्ता रहनु भएका प्रशंशा के.सी वाई वाई ग्लोकल टिन २०१८ हिरो, अन्तिम ६ प्रतिस्पर्धी आबिस्करक — विकल्प ढुंगाना, लेखिका – दीपशिखाघिमिरे,उद्यमी — सौगात तिवारी ,इकोप्रेनेर — सुदर्शन सुबेदी र सामाजिक उद्यमी— स्वोर्निम श्रेष्ठ बाट छानएकी हुन् ।
वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर — किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रोत्साहनगरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन यस कार्यक्रम गरिएको हो । यस मन्च मार्फत किशोर — किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर —किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।
काठमाडौँबाट२०१५ मा सुरुवात भएको यो कार्यक्रम देशभरि काकार्यक्रमा ४०० भन्दा बढी बिद्यालयका ५० हजारभन्दा बढी बिद्यार्थीेमाझ पुगेको थियो ।