अध्यक्ष प्रचण्डको सन्देशः ‘मन्त्रीको जिम्मेवारी हेरफेर हुन्छ’

maitrinews

काठमाडौं । नेकपाले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्रीको हेरफेर गर्ने तयारी गरेको छ।

सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै चौतर्फी रुपमा आलोचना बढेपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरुको हेरफेर गर्ने तयारी गरेको छ।नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दालहले सरकार र पार्टी एकताको विषयमा दुई अध्यक्षबीच समीक्षा सुरु भएको जानकारी दिएका छन्। ‘हामी दुई अध्यक्षले सरकार र पार्टी एकताको गम्भीर रुपमा सुरु गर्न सुरु गरेका छौ, कसैको भविष्य सिध्याउन त होइन, तर पार्टी जनता र देशको भविश्यका लागि कदम चाल्नुपर्ने हुन्छ।’ आफ्नै निवास खुमलटारमा सञ्चारकर्मीहरुसँग दाहालले भने।