मुख्यमन्त्रीको भेला पोखरामा, अधिकांश मुख्यमन्त्रीको संघीय सरकारसँग गुनासो

maitrinews

काठमाडौं । पोखरामा भेला भएका ७ प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारले अधिकारी मुठ्ठीमा राखेको आरोप लगाएका छन् । नयाँ पत्रिकाले समाचार दिएको छ । भेलामा सहभागी ६ प्रदेशका मुख्यमन्त्रीले केन्द्र सरकारको खुलेर आलोचना गरे । साझा कानुन र कर्मचारी अभावले योजनाअनुसार काम गर्न नपाएको बताइएको छ । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित थिएनन् ।

शेरधन राईः प्रदेश १
अधिकार नपाउँदा जनअपेक्षाअनुसार काम गर्न सकिएको छैन । प्रदेश सरकारसँग जनता निराश छन्  । संघीयतामाथि नै प्रश्न उठ्न सुरु भएको छ ।

लालबाबु राउतः प्रदेश २
संविधानले अवलम्बन गरेको सहकारी, समन्वय र सहअस्तित्व संघ, प्रदेश र स्थानीय तहलले अक्षरशः पालना नगर्दा धेरै समस्या निम्तिएको छ । प्रदेश र स्थानीय तह ‘अन वान्टेड बेबी’जस्तै भएका छन्  ।

पृथ्वी सुब्बा गुरुङः गण्डकी प्रदेश
केन्द्र सरकारले प्रदेश सरकारको काममा सुँढ घुसार्ने र आँखा गाड्ने काम मात्रै गरेको छ । सिडिओहरू प्रदेश सरकारमातहत हुनुपर्ने र जिल्लाको शान्तिसुरक्षाको पूर्ण जिम्मा प्रदेशले पाउनुपर्नेमा दिन आनाकानी गरिएको छ ।

शंकर पोखरेलः प्रदेश ५
हाम्रो भेला प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्न होइन, संविधानको धारा २३३ अनुसार भएको हो ।

त्रिलोचन भट्टः प्रदेश ७
हिजो संघीयतालाई चमत्कार भनेर प्रचार गर्नेहरू नै अहिले असफल बनाउन लागेका छन्  । हिजोको सोच र चिन्तनले अहिले पनि काम गरिरहेकाले धेरै समस्या आएका छन् ।