नौँ बुँदे विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीहरुको पोखरा भेला सम्पन्न (विज्ञप्तिसहित)

maitrinews

काठमाडौँ, भदौ २३ । पोखरामा भेला भएका सात प्रदेशका ६ मुख्यमन्त्रीको नौँ बुदे विज्ञप्ति जारी गर्दै भेला सम्पन्न गरेको छ । भेलाले जिल्ला प्रशासनलाई संघीय सरकार मातहत राखेमा जिल्लाको शान्ति सुरक्षा र अर्धन्यायिक कार्यका लागि जिल्ला वा पालिकास्तरमा प्रदेश मातहतको छुट्टै प्रशासनिक कार्यालयको व्यवस्था गर्ने र प्रदेश अनुसन्धान ब्यूरो गठन र संचालनको माग गरेको छ । प्रदेशले पठाएको व्यवस्थापन प्रतिवेदन बमोजिमका कर्मचारी र कार्यालय इकाइहरु संघले यथाशीघ्र स्वीकृत गरी पठाउनुपर्ने माग भेलाले गरेको छ । नौँ बुँदे विज्ञप्ति यस्तो छ ।