६ जना सवार अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त

maitrinews

काठमाडौँ, । गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर धादिङको गंगाजमुना गाउँपालिकास्थित रि गाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । एल्टिच्यूड एयरका सञ्चालक फुर्बा शेर्पाले दिएको जानकारी अनुसार हेलिकप्टरमा पाइलटसहित एक जापानी नागरिक र ५ नेपाली सवार थिए ।
प्रहरीले दिएको जानकारी अनुसार हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका ल्हो आनी डोल्पा डिक्की, छोवाङ नुर्बु र सुनिल तामाङ सवार थिए ।