दुर्इ बालिका बन्धक बनाएर बलात्कार गरेको आरोपमा एकजना पक्राउ

maitrinews

 

काठमाडौँ । कीर्तिपुरमा दुर्इ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेको आरोपमा एकजनालार्इ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुरमा कोठा भाडामा लिएर बस्ने हेम खत्री रहेको प्रहरीले जनाएको छ ।

पीडितमध्येकी एकजना बालिकालार्इ खत्रीले आइतबार साँझ बलात्कार गरेपछि बल्खुमा लगेर बेवारिशे अवस्थामा छोडेपछि उनले आफ्ना अभिभावकलार्इ खबर गरेकि  थिइन् ।  अभिभावकले थाहा पाएपछि प्रहरीमा परेको उजुरीको आधारमा प्रहरीले खोजतलासी गर्दा अर्की बालिका पनि भेटिएको कीर्तिपुर वृतका  डिएसपी अनिल खड्काले बताए । पीडित बालिकाहरुको स्वास्थ्य जाँचपछि आइतबार नै अभिभावकलार्इ जिम्मा लगाएको छ भने उनीहरुको स्वास्थ्य सामान्य रहेको प्रहरीले बताएको छ ।