विपद् समस्या समाधान समितिको बैठकलाई प्रधानमन्त्रीको सम्वोधन

maitrinews

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विपद् समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।

राष्ट्रिय योजना आयोगको विपद् समस्या समाधान समितिको भवनमा अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ ।

यसअघि भदौ २१ गते बसेको समितिको बैठकमा प्रधानमन्त्री ओलीले विपद् सम्बन्धि समस्या र न्यूनिकरणका बिषयमा प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको थियो । समितिले पनि विपद् समस्याको समाधान खोज्न गृहकार्य गरेको छ । आज बुझाइने प्रतिवेदनमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा छलफल गरिने भएको छ ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय देशमा गएको बाढी, पहिरो, आगलागिले ज्यूधनको क्षति भएकाहरुलाई राहात र सहानुभुतिका लागि बैठकको आह्वान गर्नुभएको हो ।