ज्यापू महागुठीको २५ औँ वार्षिकोत्सव

maitrinews

काठमाडौँ । ज्यापू महागुठीको २५ औँ वार्षिकोत्सव विविधि कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा ज्यापू महागुठीमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा देशका विभिन्न ठाउँबाट प्रतिनिधिहरु आएका थिए ।
निकट भविष्यमा ज्यापू महागुठीको राष्ट्रिय महाधिवेशन हुने भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नेवारी मौलिक कला र संस्कृति बोकेको ज्यापू महागुठीले कला संस्कृति सम्बद्र्धन तथा प्रवद्र्धनमा महत्वपूर्ण काम गरेको छ । कार्यक्रमा ज्यापू महागुठीका संरक्षक तीर्थराम डंगोललगायतको सहभागिता थियो ।