Warning: Error while sending QUERY packet. PID=1919 in /home/maitri/public_html/wp-includes/wp-db.php on line 2007
नेपाल र भुटान भारततर्फ ढल्किनुको विकल्प छैन : रावत – Maitri News

नेपाल र भुटान भारततर्फ ढल्किनुको विकल्प छैन : रावत

maitrinews

 


काठमाडौं । भारतीय सेनाका प्रमुख विपिन रावतले नेपाल र भुटानजस्ता मुलुक भारततर्फ ढल्किनुको विकल्प नभएको बताएका छन्। सेना प्रमुख रावतले भारतसँगको भौगोलिक निकटताका कारण नेपाल र भुटानले भारतलाई नजरअन्दाज गर्न नसक्ने बताएको भारतको इन्डियन एक्सप्रेस पत्रिकाको अनलाइन संस्करणले जनाएको छ।

दुबै मुलुकका लागि चीनसँगको झुकाव भौगोलिक कारणले अनुकूल नरहेको उनले बताएको समाचारमा जनाइएको छ। सेप्टेम्बर १० देखि भारतको पुनेमा भएको बिम्स्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासपछि मिडियासँग प्रतिक्रिया दिँदै रावतले नेपाल र भारतले भौगोलिक कारणले गर्दा भारतसँग निकट भइरहनुपर्ने बताएका हुन्।

ुउनीहरूले सम्बन्ध तोड्न सक्दैनन्। नेपाल र भुटानजस्ता देश स्वभाविक रुपमा भौगोलिक कारणले भारतसँग निर्भर छन्ु, संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नभएको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै सेना प्रमुख रावतले भनेका छन्, ुभूगोल भारत अनुकूल छ न कि चीनतर्फ।ु

उनले भारतीय राजनीतिक नेतृत्वले ुछिमेक पहिलाु को नीति लिएको र बिम्स्टेक त्यही नीतिको सफलताका लागि भएको बताए। ुहामी हाम्रा छिमेकीहरूसँग सम्बन्ध सुदृढ गरिरहेका छौँ। हामी ठूलो देश हौँ, यदि हामीले त्यसको नेतृत्व लियौँ भने अरुले पनि त्यसलाई पछ्याउँछन्।ु

बिम्स्टेकका ७ सदस्य राष्ट्रमध्ये भारत, भुटान, म्यानमार, श्रीलंका र बंगलादेशका सैनिकहरू स्थल सैन्य अभ्यासमा सहभागी छन् भने नेपाल र थाइल्यान्डले पर्यवेक्षकमात्र पठाएका छन्।

सेना प्रमुख रावतले प्रतिआतंकवादका लागि सदस्य राष्ट्रहरूबीच यस्ता सैन्य अभ्यासहरू जारी रहने बताए। यद्यपि उनले यस्ता सैन्य अभ्यास भारतमा मात्र गर्ने वा अन्य देशमा पनि भन्ने निर्णय हुन बाँकी रहेको बताए।

बिम्स्टेक राष्ट्रबीचको संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी भएन। नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका थिए। भदौ २५ देखि ३१ गते ९सेप्टेम्बर १०–१६० सम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास भएको हो।

प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना हुँदै आएको थियो ।

यसैबीच, नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास चीनको सिचुवान प्रान्तको छेन्दूमा सुरु हुँदैछ। असोज १–१२ गतेसम्म हुने अभ्यासमा सहभागी हुन महासेनानीको नेतृत्वमा १६ सदस्यीय विशेष फौजको टोली छेन्दू जान लागेको हो।