ठेकेदारले सरुवा गरिदिएपछि…

काठमाडौं । सरकारी कार्यालयका कर्मचारी कसले सरुवा गर्छ ? सबैलाई थाहा छ, आआफ्नो विभागले समय आएपछि सरुवा गर्छ । तर यहाँ कारबाहीका लागि सिफारिस भएका ठेकेदारले पो पहुँच दुरुपयोग गरेर कर्मचारी सरुवा गरिदिएको छ ।

कान्तिपुर दैनिकका अनुसार, म्याग्दी जिल्ला अस्पतालको भवन निर्माण जिम्मा लिएर १८ महिनासम्म अलपत्र पारेकाले कारबाहीका लागि पत्र लेखेबापत शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बाग्लुङका लेखा अधिकृत मीनबहादुर बानियाँ सरुवा भएका छन् ।

बानियाँले डिभिजनको निर्देशन निरन्तर अवज्ञा गरेपछि महादेव खिम्ती गल्वा रफिना जेभी कम्पनीको धरौटी रकम जफत गर्न जमानत बसेको नेपाल बंगलादेश बैंक भैँसेपाटीलाई पत्र लेखेका थिए । कम्पनीका स्थानीय प्रतिनिधिले बानियाँलाई मुद्दाको धम्की दिएका थिए । बानियाँको सरुवा गरिदिने धम्की दिएका थिए ।