अख्तियार प्रमुखविरुद्ध परेन उजुरी

maitrinews

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस भएका प्रमुख आयुक्त नवीनकुमार घिमिरे उजुरीविहीन उम्मेदवार बनेका छन् । उनका विरुद्ध कुनै उजुरी परेको छैन ।

संसदीय सुनुवाई समितिले घिमिरे प्रमुख आयुक्तमा सिफारिस भएपछि उजुरी आव्हान गरे पनि उजुरी नपरेको हो । गोरखापत्र दैनिकले समाचार दिएको छ । १० दिनको समय दिएर २३ भदौमा उजुरी आव्हान गरिए पनि १ असोजसम्ममा कुनै उजुरी नपरेको संघीय संसद सचिवालयका सहसचिव ध्रुवप्रसाद घिमिरेले बताउनु भयो । घिमिरेको ४ गते संसदीय सुनुवाई समितिमा सुनुवाई हुँदैछ ।