संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका जाने

maitrinews

काठमाडौ । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते अमेरिका जाने हुनुभएको छ । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ भन्ने मूल नाराका साथ आजबाट ७३ औं महासभा शुरु भएको छ ।

बैठकलार्इ विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रसंघको महासभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ ।