छानविनमा सहयोग गर्न एसपी दुर्गा सिंहको टोलीलाई कञ्चनपुर पठाइयो

maitrinews

कञ्चनपुर । कञ्चनपुरमा भएको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाबारे अनुसन्धानमा समन्वय गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा महिला प्रहरीको टोली खटाइएको छ ।
निर्मला बलात्कार र हत्याको घटनाबारे छानविन गरिरहेको डिआइजी धिरु बस्नेतको छानिवन टोलीलाई समन्वय गर्न एसपी सिंहको नेतृत्वमा टोलीलाई खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महिला तथा बालबालिका सम्बन्धि घटना भएकोले पीडित परिवार, स्थानीय महिला अधिकारकर्मी तथा अन्य क्षेत्रका व्यक्तिहरुसँग समन्वय गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएर पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।