संघीयता असफल हुन लाग्यो भन्ने कुरालाई एक्सनले जवाफ दिइसक्यौः प्रधानमन्त्री ओली

maitrinews

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता ठिक कि बेठिक भन्ने प्रश्न अब नरहेको बताउनु भएको छ । तेस्रो संविधान दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजिक समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयन भएन संघीयता असफल हुन लाग्यो भन्ने कुरालाई एक्सनले जवाफ दिइसकेको बताउनुभयो ।
‘समृद्धि र विकास कसैको नाम होइन’, उहाँले भन्नुभयो, ‘यो हाम्रो लक्ष्य हो।’ उनले देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेकोले राजनीतिक नाममा कुनै पनि जवर्जस्ती र अनुचीत कामको आवश्यक नरहेको बताउनुभयो। ‘अव लोकतान्त्रिक आन्दोलन हो जसले नागरिकमा दायीत्व बोध गराउँछ’, उहाँले भन्नुभयो, ‘हामी विकास र समृद्धिको दिशामा अघि बढ्नु पर्छ।’

उहाँले हाम्रो संविधानलाई कसैंसँग दाँज्न जरुरी नभएको बताए। संविधानले पुस्तौदेखि चलिआएका कुराहरुलाई पनि समेटेको बताउनुभयो। लोकतन्त्रका विश्वव्यापी अवयवहरुलाई संवैधानिक रुपमा व्यवस्था गरिएको उहाँको भनाई छ।

संविधानले लोकतान्त्रिक मुल्यमान्यता सहितको समाजवाद स्थापना गर्ने लक्ष्य बोकेको उहाँको भनाई छ। नेपाली समाजमा विष्फोट भएका विद्रोहका स्वरलाई संविधानले व्यवस्थापन गरेको बताउँदै उहाँले शान्ति प्रक्रियाले विश्व तहको मानक तय गरेको प्रष्ट पार्नुभयो ।

विकास र समृद्धिको लक्ष्य बारे अरु केही हुन नसक्ने उनको धारणा छ। ‘समृद्धि र विकास कसैको नाम होइन’, उहाँले भन्नुभयो, ‘यो हाम्रो लक्ष्य हो।’

समृद्धि र विकास प्रधानमन्त्रीको विषय मात्र नभएर समग्र नेपालीको विषय भएको उहाँले बताउनुभयो । उहाँले यो राष्ट्रिय दायीत्व पूरा गर्न सबै नेपालीलाई एक साथ अघि बढ्न आग्रह गर्नुभयो । केही मानिसले सरकार बनेको ६ महिनामै ठिक ठाक खोजिरहेको समेत उहाँले बताउनुभयो ।