सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरमा पल्सर

maitrinews


काठमाडौँ । नेपालकै सबैभन्दा लोकप्रिय तथा विश्वासिलो मोटरबाइक ‘पल्सर’ ले नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरको सम्झौता गरेको छ ।
एक कार्यक्रमका बीच उक्त कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाई बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार पल्सर आगामी तिन बर्ष सम्मका लागि सो लिगमा अनुबन्ध हुनेछ ।
एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,‘हामीले नेपालकै प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगसँग सहकार्य गर्न पाएकोमा गौरवान्भित महशुस गरेका छाँ,ै साथै देशकै प्रतिष्ठित लिगको मुख्य प्रायोजकको रुपमा साझेदार हुन पाएकोमा अत्यन्त खुसी पनि छाँै । हामीले सधै खेलकुदमा युवाहरुलाइ प्रोत्साहित गर्नुका साथै सहयोग समेत प्रदान गर्दै आएका छौ । हाम्रो यो सहकार्यको मुख्य उद्देश्य भनेको नेपाली युवा तथा नेपाली खेलकुद क्षेत्रलाइ अन्तर्रा्ष्ट्रिय स्तरमा पुर्याउने रहेको छ । यससँगै हामीले बिभिन्न अर्वाड कार्यक्रम मार्फत सहभागीता जनाइरहेका छाँ,ै जसमध्ये पल्सर स्पोर्टस् अर्वाड एक उत्कृष्ट अर्वाड अन्तर्गत पर्दछ । आगामी दिनहरुमा लिगलाइ उक्तरोत्तर प्रगतिको लागि शुभकामना समेत प्रदान गर्दछौँ ।”