संसारको महङ्गो वस्तु

maitrinews

संसारमा हीरा र प्लाटिनमभन्दा धेरै महङ्गो वस्तु छ जुन वस्तु ज्यादै दुर्लभ छ । यो वस्तु हो— एन्टी म्याटर अर्थात् प्रतिपदार्थ । एक ग्राम प्रतिपदार्थ किन्न ५ सय खर्ब रुपियाँ पर्छ । यतिधेरै महङ्गो वस्तु अन्तरिक्षसँग सम्बन्धित काममा प्रयोग हुन्छ । वैज्ञानिकका अनुसार ब्रह्माण्डमा ब्ल्याकहोलद्वारा तारालाई दुई टुक्रामा टुक्र्याउँदा प्रतिपदार्थ उत्पन्न हुन्छ । फ्रान्स र स्वीजरल्यान्डको सीमा क्षेत्रमा रहेको सर्न ल्यावमा पहिलोपटक प्रतिपदार्थ उत्पादन गरिएको थियो । अन्तरिक्षयान तथा रकेटहरुमा प्रयोग गरिने इन्धनको उत्पादनमा प्रतिपदार्थ प्रयोग गरिन्छ । यो पोजिट्रोन, एन्टी प्रोटन तथा एन्टी न्युट्रोन मिलेर बनेको हुन्छ । नासाले पनि प्रतिपदार्थलाई संसारकै सबैभन्दा महङ्गो वस्तु भनी पुष्टि गरेको छ ।