प्रम ओली र क्यानडाका प्रम जस्टीनबीच न्युयोर्कमा भेटवार्ता

maitrinews

काठमाडौँ । अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रम जस्टीन ट्रुडोबीच भेट वार्ता सम्पन्न भएको छ । उहाँहरुबीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको प्रधानमन्त्री ओलीको भ्रमण टालीमा सँगै रहनु भएको ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभएको छ । उच्चस्तरीय भ्रमण आदान–प्रदानमा दुबै प्रधानमन्त्रीबीच सहमति भएको पनि रिमालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्युयोर्क पुग्नुभएको छ। उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि हुनुहुन्छ ।

न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले स्वागत गर्नुभएको थियो ।