निर्मला हत्या प्रकरण घटनाको छानबिन प्रतिवेदन बुझाइयो

maitrinews

 


काठमाडौँ । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।

मन्त्रालयले मैनालीको संयोजकत्वमाभदौ ७ गते उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो।

प्रतिवेदनमा घटना पछिको परिस्थिति बारे खुलाए पनि घटना कसरी भयो भन्ने बारे नखुलेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

समितिलाई तोकिएको १५ दिनको म्यादसम्मजाँचबुझ नसकिएपछि भदौ २४ मा मन्त्रीपरिषद् बैठकले भदौ २५ देखि लागू हुने गरी १५ दिन म्याद थप गरिएको थियो ।