पत्नी सीतालाई लिएर सिंगापुर जाँदै प्रचण्ड

maitrinews

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई लिएर पुन: स्वास्थ परिक्षणको लागि सिंगापुर जाने भएका छन् ।

सीतालार्इ लिएर प्रचण्ड बुधबार बेलुका सिंगापुर जाने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए । प्रचण्डको साथमा छोरी गंगा पनि जाने छिन् ।

 गत असारमा सीताको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराइएको थियो । सो समय सिङ्गापुरको स्वीमिङ पूलमा वाटरथेरापी  र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उनको स्वास्थ्यमा केही सुधार आएको थियो ।

 छोरा प्रकाशको मृत्यु भएपछि सीता दाहाल विरामी पर्दै आएकी छिन्। काखका छोराछोरी गुमाउनुपर्दा सीता पिडित रहेकी छन्।  

प्रकाशको  मृत्यु  अघी उनको छोरीको समेत क्यान्सरबाट निधन भएको थियो।