रिमाल र भट्टराई बीच समाजिक सञ्जालमा कटाक्ष

maitrinews

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएो असन्तुष्टि सामाजिक सञ्जालमार्फत पनि बाहिर आएको छ ।

प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानुअघि गरिएको सात प्रदेश इन्चार्जहरुको नियुक्तिप्रति असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र नेता योगेश भट्टराईबीच कटाक्ष सुरु भएको हो ।

रिमाल हाल प्रधानमन्त्री केपी ओलीसँगै विदेश भ्रमणमा हुनुहुन्छ भने भटराई नेपालमै । गत शुक्रबार प्रदेशको नेतृत्व चयनप्रति वरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौमा चियापनका नाममा आफ्नो पक्षको भेला नै बोलाएर असन्तुष्टि जनाउनुभयो ।

त्यसपछि प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो टिवटर एकाउन्टमा लेख्नुभएको छ–‘मानिसको पतन त्यस समय सुरु हुन्छ जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरु गरिन्छ ।’

रिमाललाई प्रतिउत्तर दिदै योगेश भट्टराइले लेख्नुभएको छ–‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन् कठै दोषी चस्मा ’

यसअघि प्रधानमन्त्री केपी ओलीले पनि आफू देशबाहिर गएको बेला केही व्यक्ति भन्दै नेता माधव नेपालप्रति संकेत गरेर देश नै डुब्न लाग्यो भनेर दिएको अभिव्यक्तिको ‘आफू स्वदेश फर्केपछि सवै ठीक हुने जवाफ दिनुभएको थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड देश बाहिर रहेका बेला माधव नेपालले जुन असन्तुष्टि जनाउनु भयो यसले पार्टीलाई नै क्षति पुर्याउने भन्दै आलोचना गरिएको छ । असन्तुष्टिलाई आन्तरिक छलफलबाटै मिलाउन सकिन्छ । पार्टी एकताले पूर्णता पाइनसकेको अवस्थामा यस्ता असन्तुष्टि, आरोप प्रत्यारोप आउनु राम्रो होइन ।