इटालीमा रोबोट फौज

Maitrinews

 इटाली । इटालीले रोबोट फौज तयार पारेको छ । १३ सयभन्दा बढी रोबोटबाट रोबोट फौज तयार गरी विश्व कीर्तिमान कायम गरिएको हो । विश्व कीर्तिमानका लागि १३ सय ७२ वटा रोबोटले एउटै धुनमा सामूहिक नृत्य प्रस्तुत गरे । सन् २०१६ देखि प्रविधि कम्पनीहरुले नाच्ने रोबोटको फौज तयार गरिरहेका छन् ।  ती कम्पनी सबैभन्दा ठूलो नर्तक रोबोट समूह तयार पार्ने अभियानमा छन् । गत अगस्तमा डोबी कम्पनीले चीनमा एकसाथ एक हजार ६९  वटा रोबोट नचाएको थियो ।