१०६ वर्षमा सक्रिय डाक्टर

Maitrinews

लन्डन । बेलायती डाक्टर अल्फ्रेड विलियम प्रmाङ्कल्यान्ड १०६ वर्षको उमेरमा पनि सक्रिय छन् । उनले युवा डाक्टरले झै दैनिक काम गरिरहेका छन् । उनको सक्रियता देख्ने सबै छक्क पर्छन् । पटक पटक मृत्युलाई जितेको बताउने उनी कामको निरन्तरताले आफू यो उमेरमा पनि सक्रिय बनाएको बताउँछन् । सन् १९१२ को मार्च १९ मा बेलायतको सुरेक्समा जन्मेका उनले सेन्ट बीज स्कुलमा प्रारम्भिक र अक्फोर्ड युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेका छन् । पहिलो सैनिक चिकित्सक सेवामा संलग्न उनले अवकासपछि पनि चिकित्सक पेसालाई निरन्तरता दिएका छन् ।