धानमन्त्रीको दशैँ कार्यतालिका

maitrinews

काठमाडौं  प्रधानमन्त्री केपी ओलीको दशैँ कार्यतालिका सार्वजनिक गरिएकोछ । यसैबीच प्रधानमन्त्री ओलीले बडादशैंको अवसरमा सर्वसाधरणलाई टिका लगाइदिने कार्यक्रम समेत सार्वजनिक भएको छ ।

कार्यतालिका अनुशार २०७५ कात्तिक १ गते विहीबार, महानवमीका दिन  बिहान प्रधानमन्त्री ओली झापा प्रस्थान गर्ने र र अपरान्ह काठमाडौं फिर्ता हुनेकार्यक्रम छ ।

आज प्रधानमन्त्री ओलीको चन्डगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा पुस्तक विमोचन कार्यक्रममा सहभागि हुनुहुनेछ भने आजै प्रधानमन्त्री ओलीको आयोजनामा बिर्तामोडस्थित अग्रसेन भवनमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम समेत आयोजना हुनेछ ।

त्यसैगरी भोली कात्तिक २ गते, शुक्रबार, दशमीका दिनको कार्यतालिका यस प्रकार छः

बिहान ९ः४५–१०.००ः सम्माननीय प्रधानमन्त्रीद्वारा पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण

विहान १०.००पछि सम्माननीय प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टिका ग्रहण

दिउँसो १.००ः सम्माननीय प्रधानमन्त्रीद्वारा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण

दिउँसो २ः००ः माननीय मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण

अपरान्ह ३.३० देखि ५.३०ः पार्टी कार्यकर्ता तथा सर्वसाधारणहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टीका ग्रहण

साँझ ६ः०० बजेदेखिः परिवारका सदस्यहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण

त्यसैगरी कात्तिक ३ गते एकादशी देखि कात्तिक ६ गते चतुर्दशीसम्म बिहान ९ः०० देखि ११.००सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा सम्माननीय प्रधानमन्त्रीको हातबाट टीका ग्रहण समय तालिका तय गरिएको छ ।