ब्लास्ट लिएर ५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

जनकपुर । भारतको झारखण्डबाट ब्लास्ट ९रेल्वे लिकमा प्रयोग हुने गिट्टी सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ ।

रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए।
प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको र्‍याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन्। भारत सरकारको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको लिकबाट दोस्रो पटक ५३ र्‍याकमासहितको रेल्वे जनकपुर आइपुगेको हो ।

धनुषाको कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। स्टेशन भवन र आवास निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ। यात्रुवाहक रेल गुडाउन जयनगर ९भारत० बर्दिवास ब्रोडगेज ९६९ किलोमिटर० सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई आज मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरु गरिएको प्राविधिक बताउँछन्।

भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेशनलले ब्रोडगेज रेल सञ्चालनका लागि लिक बनाएको हो। यसअघि जयनगर–जनकपुर–बिजुलपुरा ९५२ किलोमिटर० मा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलोमिटर प्रतिघण्टाको गति थियो। ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किमी दूरी आधा घण्टामा पूरा हुनेछ।