६ अंकले बढ्यो नेप्से, २२ करोडको शेयर कारोबार

Maitrinews

काठमाडौं । लगातार २ दिनसम्म दोहोरो अंकको गिरावट आएको नेप्से परिसूचकमा आज भने ६।६६ अंकको बृद्दि आएको छ।परिसूचक १२ सय २३।५९ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज कुल १६३ कम्पनीका ९ लाख २४ हजार ६६५ कित्ता शेयरहरु २२ करोड १८ लाख ४ हजार ४०६रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

समूहगत कारोबारतर्फ ३ समूहको गिरावट आएको छ। बढनेमा सबैभन्दा धेरै जीवन बिमा समूह २३।३६अंकले बढेको छ भने निर्जीवन बिमा समूह २२।९९ अंकले बढेको छ। घट्नेमा सबैभन्दा धेरै होटल समूह ८।२ अंकले घटेको छ।

मंगलबार सबैभन्दा धेरै प्रभू बैंकको १ करोड ८० लाख २३ हजार रुपैयाँ र लाईफ इन्स्योरेन्स कम्पनीको १ करोड ७१ लाख ३५ हजार रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ।