संसारकै महङ्गो विमान

Maitrinews

 

साउदी अरबका राजुकमार अलवलीद बिन तलालसँग संसारकै महङ्गो विमान छ । यसलाई उड्ने महल भनिन्छ । उनले यो विमान ३४ अर्ब डलरमा एयरबसँग किनेका हुन् । विमानमा सुख सुविधाका हरेक चिज रहेका छन् । यसमा पाँचवटा ठूला–ठूला कोठाहरु, एक बैठक कोठा, एक रोयल्स रोयस कार राख्ने स्थानका साथै वाथरुम पनि रहेको छ । तलालले ३२ अर्ब डलर सम्पत्ति लोककल्याणमा खर्चने भएका छन् । तलाल किङडम होलिडे कम्पनीका मालिक हुन् । उनको यो कम्पनी बैङ्किङ र वित्तीय सेवा, होटल तथा होटल प्रवधन कम्पनी, मास मिडिया, मनोरञ्जन, कृषि, वायुसेवा, रियल स्टेट, उद्योगका साथै पेट्रोलियमको कारोबारमा संलग्न रहेको छ ।