ब्याडमिन्टन प्रतियोगिता ‘यल कप रनिङ्ग शिल्ड’ जारी

 

ललितपुर । पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा १० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता –२०७५ सञ्चालनमा आएको छ । प्रतियोगिता शनिबार देखि शंखमुल प्लानिङ्गमा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले गरेका थिए । प्रतियोगितामा पुरुष युगल, भेट्रानस युगल, मिक्स युगल र यु – १५ छात्र तर्फ प्रतिस्पर्धा भइेरहेको कुरा ईलेभेन स्टार क्लबका उपाध्यक्ष राजेश तण्डुकारले बताए ।

प्रतियोगितामा पुरुष युगलमा ५३ जोडी, भेट्रान्स जोडीमा ११, मिक्स जोडी तर्फ १६ र यु – १५ मा २८ जोडीले सहभागिता जनाएको तण्डुकारले जानकारी गराए ।

उपाध्यक्ष राजेश तण्डुकारले बताए अनुसार करिव १२ लाख ६० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगल तर्फका विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद ३०, २० र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै भेट्रान्स तर्फ १५, १० र ५ तथा मिक्स युगल र यु – १५ तर्फ १०, ७ र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने उनले बताएका छन् ।