नागढुंगाबाट २२ लाख ५० हजार नगदसहित एक जना पक्राउ

Maitrinews

 

काठमाडौं । नागढुंगा प्रहरीले २२ लाख ५० हजार रूपैयाँ अवैध नगदसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट काठकाडौंतर्फ आउँदा खल्तीमा नगद लुकाएर ल्याएका थिए ।
पक्राउ परेका मोहमत हशिफ सिद्धिकीले सम्पतिको स्रोत खुलाउन नसकेकाले अहिले सम्पत्ति शुद्धिकरण विभागमा पठाइएको महानगरीय प्रहरी वृत्त काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनी बिहीबार साँझ ५ बजे पक्राउ परेका थिए ।