‘इन्सेक्ट आर्मी’ बनाउने तयारी

Maitrinews

अमेरिका । बाली नष्ट हुनबाट जोगाउन अमेरिकी रक्षा नियोग पेन्टागनले ‘इन्सेक्ट आर्मी’ किट सेना बनाउने जनाएको छ । यसका लागि अध्ययन समेत सुरु गरिसकिएको छ ।

अमेरिकी सेनाको अनुसन्धान नियोग डिफेन्स एडवान्स्ड रिसर्च प्रोजेक्ट्स एजेन्सी ९डार्पा० ले विरुवा र बालीको ‘जीन इडिटिंग’ प्रविधिबारे अध्ययन थालेको हो। बालीलाई किराफट्यांग्राबाट जोगाउन यो प्रविधिको विकासमा जोड दिएको पेन्टागनले जनाएको छ।

यस परियोजना अन्तर्गत बालीलाई क्षति पुर्‍याउन सक्ने किराफट्यांग्राको सूची तयार पारिदै छ। ती किराहरुको प्रकृति हेरी विशेष प्रकारको ‘बग्स’ को प्रयोग गरी गहूँ र मकैलाई हानिकारक किराहरुबाट बचाउन सकिने दाबी शोधकर्ताहरुको छ।

डार्पाको वेबसाइटले यो प्रविधिलाई एउटा मात्र मौसममा प्रयोग गर्न सकिने जनाएको छ। ‘जर्नल साइन्स’मा प्रकाशित लेख अनुसार यसलाई ‘इन्सेक्ट एलाईज’ नाम दिएको छ। यसले बालीमा लागेको किरालाई तत्कालै समाप्त पार्ने क्षमता राख्छ। वैज्ञानिकहरुले भने ‘बायोलजिकल ह्वेपन ९जैविक हतियार० भनेका छन्।’ एउटा फ्रेन्च र दुई जर्मन विश्वविद्यालयका पाँच जना वैज्ञानिकहरुले यसबारे ‘साइन्स’ पत्रिकामा सूचना सम्प्रेषण गरेका छन्।

फौजी किराबारे नेपाली किसानहरु जानकार नै छन्। ती फौजी किराले किसानले खेतमा लगाएको बालीलाई क्षति पुराउँछ। तर अमेरिकामा तयार पार्न लागेको ‘किट सेना’ ले बालीनालीलाई हानीकारक किरा फट्यांग्राबाट बचाउन सक्छ। ‘लाइफ साइन्स’ ले बालीमा फैलिने हानिकारक किरा नियन्त्रण गर्न अमेरिकामा ‘आर्मी अफ भाईरस’ बनाउन लागेको जनाएको छ।

जैविक हतियारका रुपमा प्रयोग हुन सक्ने भन्दै केहीले ‘किट सेना’ को विरोध गरिरहेका छन्। ‘युनिभर्सिटी अफ फ्रेबर्ग’मा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक सिलजा भोएनेकीले विरुवा या बालिनालीमा ‘जीन एडिटिङ’ प्रक्रिया जैविक हतियार सन्धिको उल्लघंन भएको प्रतिक्रिया दिए।

आलोचकहरुले भने यो खतरनाक हुनसक्ने भन्दै परियोजना तत्कालै बन्द गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। वैज्ञानिक तथा अनुशन्धानकर्ताहरुले विशेष प्रविधिबाट तयार पारिने ‘इंसेक्ट एलाइज’ भविष्यमा समस्या खडा गर्न सक्ने खालको छ। उनीहरु भन्छन्,‘अमेरिकाको यो निर्णय विरुद्ध आवाज उठाउनु पर्छ।’ यसका लागि उनीहरुले एउटा ‘वेभसाइट’ बनाएरै जनतालाई सचेत गराउन थालेका छन्।

तर, कन्सास स्टेट विश्वविद्यालयका प्लान्ट प्याथोलजिस्ट जेम्स स्ट्याक भने ‘किट सेना’ को पक्षमा उभिएका छन्। उनी भन्छन्,‘किरा फट्यांग्रा सम्बन्धी प्रविधि प्रयोगबारे प्रश्न खडा गर्नु तर्कहीन छ।’ डार्पा इन्सेक्ट अलाइजका कार्यक्रम निर्देशक ब्लेक बेक्सटीन भन्छन्,‘यो कार्यक्रमले शान्तिको स्थितिको अवहेलना गर्दैन। यसको भावी असरबारे चाही सरकारी नियोगहरुबाट जाँच भइरहेको छ, आत्तिनु पर्ने अवस्था छैन। ’ यसो त यसको तयारी कृषि सुरक्षालाई ध्यानमा राखेर गरिएको उनले बताए।

‘सर्वसाधारण डराउनु पदैन’ बेक्सटीनले भने,‘यो प्रविधि दुई तरिकाले प्रयोग गर्न सकिन्छ। एउटा कसैलाई बचाउन र अर्को हानी पुर्याउनका लागि हुन सक्छ। यी दुई कार्य बिना उच्च र आधुनिक प्रविधिको सम्भव छैन।’

वैज्ञानिकहरुका अनुसार विरुवाको ‘जीन एडिटिंङ’ गरी वंशाणुलाई सक्रिय वा निस्क्रिय बनाउन सकिन्छ। सुख्खा मौसममा यो प्रविधिबाट विरुवाको विकासलाई रोक्नु हो। मौसममा सुधार भएकोपछि यो ‘जीन एडिटिंङ’ कार्य अगाडि बढाउन सकिन्छ। यसबाट किसानलाई हानी हुदैन। तैपनि किसानहरुले समस्या भोग्न सक्ने भन्दै बेलायती शोधकर्ताहरुले अनुशन्धान समेत गरिरहेका छन्।

उनीहरुले अध्ययनका क्रममा एउटा मलिक्यूल बनाएका छन,जसले किराहरुको सुँघ्ने क्षमतालाई प्रभावित गर्न राख्छ। जैविक विज्ञानका शोधकर्ता एन्टोनी हुपरका अनुसार किराहरुको सुँघ्ने क्षमता नै समाप्त पारेपछि त्यसबाट विरुवा या बाली हानी पुग्दैन। यो नयाँ प्रविधि कृषकका लागि महत्वपूर्ण हुन सक्छ।