डोल्पामा जिप दुर्घटना,१० जनाको मृत्यु

Maitrinews

काठमाडौँ । डोल्पाको काल गौडामा बोलेरो जिप दुर्घटनामा १० जनाको ज्यान गएको छ। १२ यात्रुसहित सडकबाट करिब ५० मिटर तल ठूली भेरी नदीमा खस्दा घटनास्थलमै १० जनाको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। सदरमुकाम दुनैबाट सुपानीतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो।

घटनास्थाल पुगेका थापाका अनुसार घाइते रहेका १ चालक र अर्का १ व्यक्तिलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा पुर्याइएको छ। उद्दारका लागि प्रजिअ थापासहित प्रहरी नायब उपरिक्षक अवदेश विष्ट क्षेत्रीसहित प्रहरीको एक टोली खटिएको छ। उद्धार कार्य जारी रहेको र मृतकको सनाखत भइनसकेको जनाइएको छ।