कपिलवस्तुमा युवा नेता चौधरीको गोली हानी हत्या

Maitrinews

 

कपिलवस्तु । सामान्य विवादमा जिल्लाको दक्षिणी क्षेत्रमा रहेको शुद्धोदन गाउपालिका– ४ मोतिभारीमा युवा नेता राजा बावु भन्ने ३५ बर्षे दिपेन्द्र चौधरीको शुक्रवार राति गोली हानी हत्या गरिएको छ । प्रदेश नम्बर ५ अन्र्तरगत कपिलवस्तु क्षेत्र नम्बर १ को २ बाट स्वतन्त्र उम्मेद्धार समेत रहेका उनलाई अज्ञात समुहले गोली प्रहार गरेका हुन । लवनी– हथिहवा सडक खण्ड अन्तर्गत मोतिभारीमा रहेको घर नजिकै उनको हत्या गरिएको प्रहरीले जनाएको छ । राती ३५ बर्षिया चौधरी माथी गोली प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार टाउकोमा ५ वटा गोली हानिएको छ । मानिएका राजाबाबुको हत्या पश्चात लबनी क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।