चेल्सीमाथि टोटनहृयामको सनसनीपूर्ण जित

Maitrinews

 

काठमाडौं । टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गरेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले चेल्सीलाई ३—१ गोलअन्तरले पराजित गरेको हो ।

टोटनहृयामका लागि डेली अली, हृयारी केन र सन हृयुङ मिन गोल गरे । यता, चेल्सीका लागि ओलिभर जेरुडले गोल गरेका थिए । डेलीले खेलको आठौं मिनेटमा नै गोल गर्दै टोटनहृयामलाई सुरुवाती अग्रता दिलाएका थिए । चेल्सीमाथि सुरुवाती समयमा नै अग्रता बनाएको टोटनहृयामले खेलको १६औं मिनेटमा केनको गोलबाट दोब्बर अग्रता बनाएको थियो ।

पहिलो हाफमा २—० गोलको अग्रता बनाएको टोटनहृयामले दोस्रो हाफमा थप एक गोल गर्दा चेल्सीले पनि एक गोल फर्काउन सफल भएको थियो । खेलको ५४औं मिनेटमा मिनले गोल गरेपछि टोटनहृयामलाई ३—० गोलको अग्रता दिलाएका थिए ।

जेरुडले खेलको ८५औं मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने कोशिस गरेका थिए । तर बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि चेल्सी टोटनहृयामसँग ३—१ गोलअन्तरले पराजित भएको हो ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको टोटनहृयामको १३ खेलबाट ३० अंक भएको छ । यता पराजित चेल्सीको भने १३ खेलबाट २८ अंक भएको छ ।