भारतमा संसारकै अग्लो मूर्ति

Maitrinews

 

भारतमा संसारकै अग्लो मूर्ति बनाइएको छ । स्ट्याच्यु अफ युनिटी नाम दिइएको यो मूर्ति सरदार बल्लभभाइ पटेलको हो । अहमदावादको सरदार सरोवर गाउँमा पटेलको १८२ मिटर अग्लो मूर्ति बनाइएको छ। नर्मदाको बाँधमा बनेको यो मूर्ति सात किलोमिटर परबाट देखिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गएको अक्टोबर ३१ मा पटेलको जन्मदिनको अवसर पारेर यो मूर्तिको अनावरण गरे । यो मूर्ति बन्नुअघि चीनमा १२८ मिटर अग्लो स्प्रिङ्ग बुद्ध सबैभन्दा अग्लो मूर्ति थियो । ‘स्ट्याच्यु अफ युनिटी’ भारतका संस्थापक उपप्रधानमन्त्री सरदार वल्लभभाइ पटेलको हो। उनी भारतीय किसानहरुको आत्मा भनेर मानिन्छन्। यो प्रतिमा निर्माणको लागि पाँच वर्ष लाग्यो। यो मूर्ति शिल्पकार पद्मश्री राम सुधार र उनका छोरा अनिल सुधारले बनाएका हुन् ।