राजधानीमै बालकको अपहरणपछि हत्या

Maitrinews

काठमाडौँ । राजधानीमै अर्का बालकको अपहरण र हत्या भएको छ । गोंगबुस्थित प्रयासमार्गमा स्वस्तिका गेस्टहाउसका सञ्चालक प्रवीण कुँवरका ८ वर्षीय छोरा प्रयासको उनकै चालक महेन्द्र एसकेले हत्या गरेका हुन् । महेन्द्रले प्रयासलाई अपहरण गरी गाडीभित्रै हत्या गरेर खोलामा शव फालेका थिए ।
महेन्द्रलाई पक्राउ गरेर अनुसन्धान गरेपछि घटनाको वास्तविकता खुलेको हो । उनकै बयानका आधारमा महानगरीय अपराध महाशाखाले म्हैपीस्थित सामाखुसी खोलामा बालकको शव भेटेको छ ।
‘अपहरणमा फिरौतीको उद्देश्य देखिन्न,’ अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘होटेल सञ्चालकसँगको रिसइबीका कारण छोराको अपहरण गरेर हत्या भएको देखिन्छ ।’