विश्व जलवायु अनुकूलन गर्न नेपाल प्रतिबद्ध

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने भ्रमणको सिलसिलामा आज पोल्याण्ड प्रस्थान गर्नु भएको छ ।
पोल्याण्डको कातोविच सहरमा यही मंसिर १७ र १८ गते आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिको २४ औं सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नु भएको हो ।
राष्टपति भण्डारीलाई उपराष्टपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले त्रिभुवन अन्तराष्टिय विमानस्थलमा विदाइ गर्नु भएको थियो ।
पोल्याण्डमा हुने जनवायु परिवर्तन सम्बन्धी सम्मेलनमा राष्टपति भण्डारीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको जनाउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनका लागि आज पोल्याण्ड प्रस्थान गर्नुअघि ट्विट गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “ हामीले नगरेको, नबिगारेको कसूरको सजाय भोग्नु नपरोस्, निर्दोषमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो । ऋकाठमाडौं, १५ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने भ्रमणको सिलसिलामा आज पोल्याण्ड प्रस्थान गर्नु भएको छ ।
पोल्याण्डको कातोविच सहरमा यही मंसिर १७ र १८ गते आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिको २४ औं सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नु भएको हो ।
राष्टपति भण्डारीलाई उपराष्टपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले त्रिभुवन अन्तराष्टिय विमानस्थलमा विदाइ गर्नु भएको थियो ।
पोल्याण्डमा हुने जनवायु परिवर्तन सम्बन्धी सम्मेलनमा राष्टपति भण्डारीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको जनाउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनका लागि आज पोल्याण्ड प्रस्तान गर्नुअघि ट्विट गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “ हामीले नगरेको, नबिगारेको कसूरको सजाय भोग्नु नपरोस्, निर्दोषमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो । विश्व जलवायु अनुकूलन गर्न नेपाल प्रतिबद्ध छ ।” ।”