द ब्रिटिस कलेजमा क्षयरोग निवारणसम्बन्धी एकदिने तालिम सम्पन्न

Maitrinews

काठमाडौँ । नेपाल क्षयरोग निवारण संस्था स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा बिभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । यसै दिवसको अवसरमा नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसियसन (बाग्मती), नेपाल एन्टी ट्युबरक्लोसिस एसोसियसन र ब्रिटिस कलेजको संयुक्त आयोजनामा ब्रिटिस कलेजको परिसरमा क्षयरोग सम्बन्धी एक दिने तालिम सम्पन्न भयो ।
यस कार्यक्रममा प्रमुख अतिथि देवेन्द्र बहादुर प्रधान (केन्द्रिय अध्यक्ष, नेपाल एन्टी ट्युबरक्लोसिस एसोसियसन), डा. मोहन कुमार प्रसाइ (एमडी कन्सलटेन्ट, वरिष्ठ छाती रोग विशेषज्ञ, पुर्व निर्देशक, नेपाल क्षयरोग सेन्टर), निरन्जन प्रसाद रिसाल (अध्यक्ष, नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसियसन, बाग्मती), ब्रिटिस कलेजका डाइरेक्टर महेन्द्रराज कँडेलहरुको उपस्थिति रहेको थियो ।
आयोजित कार्यक्रममा देवेन्द्र बहादुर प्रधान र डा मोहन कुमार प्रसाइले द ब्रिटिस कलेजका १०० जना विद्यार्थीलाई क्षयरोग निवारणसम्बन्धी तालिम दिएका थिए । उक्त तालिम लिएका विद्यार्थीहरुले तालिम फलदायी भएको प्रतिक्रिया दिएका थिए ।