बाँदरले पनि घरमै झम्टिन थाल्यो, एक महिला गम्भीर घाइते

Maitrinews

 

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । स्थानीय ४० वर्षीया लक्ष्मी जैसी बाँदरको आक्रमणबाट घाइते भएकी हुन् ।
घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उहाँलाई बाँदरले आक्रमण गरेको हो । जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले जानकारी दिए ।

बाँदरले दुःख दिन थालेपछि स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिलाई गुहार्दै आएका छन् ।