३३ वर्षदेखि दाह्रीजुँगा नकाट्दा यस्ता भए गिरिधर व्यास

Maitrinews

 

भारतका गिरिधर व्यास नामका व्यक्तिले विगत ३३ वर्षदेखि दाह्रीजुँगा काटेका छैनन् । ५८ वर्षका उनले सन् १९८५ देखि दाह्रीजुँगा पालिरहेका छन् । अहिले उनका दाह्रीजुँगाको लम्बाई २२ फिट पुगेको छ । उनी आफूलाई दुनियाँकै लामा दाह्रीजुँगा भएका मानिस भएको दाबी गर्छन् र गिनिज बुकमा नाम लेखाउने धोको छ । दिनहुँ ३–४ घन्टा उनलाई दाह्रीको स्याहार गर्नमै लाग्दछ । राजस्थानको बिकानेर क्षेत्रमा बस्ने उनले आफ्नो जीवनमा अहिलेसम्म साबुन र स्याम्पुको प्रयोग नगरेको बताउँछन् । त्यसैले उनको दाह्री टुक्रिने समस्या छैन । मुल्तानी माटोले उनी जिउ तथा दाह्री सफा गर्दछन् ।