अनुहार प्रत्यारोपण गरेपछि अन्डरबुडको मुस्कान

Maitrinews

 

न्युयोर्क । आत्महत्या गर्न आफैले आफैलाई गोली हान्दा क्यामरन अन्डरवुडले नाक, चिउँडोको सबैजसो भाग र एउटा बाहेक सबै दाँत पनि गुमाए।
त्यसको दुई वर्षपछि बोल्दै उनले भने, मेरो नाक छ, मुख छ, म मुस्कुराउन सक्छु, बोल्न सक्छु र ठोस पदार्थ खान सक्छु।

क्यामरन २६ वर्षका छन्। न्यूयोर्कमा बोल्दै उनले भने, अनुहार प्रत्यारोपण गर्न पाउँदा म असाध्यै आभारी छु यसले मलाई जिउने दोश्रो मौका दिएको छ।
क्यामरन९दायाँ० सन २०१६को नयाँ वर्षका दिन परिवारसँग
यसै वर्षको जनवरी महिनामा न्यूयोर्क विश्वविद्यालयको ल्याङ्ग्वान हेल्थ सेन्टर म्यानहटन न्यू योर्कमा १०० जना स्वास्थ्यकर्मीहरूले २५ घण्टा लगाएर क्यामरनको अनुहार प्रत्यारोपण गरेका थिए। उनको स्वास्थ्य अवस्थाबारे गत हप्ता मात्र सावर्जनिक गरिएको थियो।
क्यामरनले आत्महत्या प्रयास गरेको १८ महिनापछि शल्यक्रिया गरिएको थियो।
बाहिर घुम्न, खेल्न, साथीभाइ र परिवारसँग समय बिताउन उनलाई असाध्यै मन पर्छ। ती सबै काम अहिले गर्न पाएको बताउँदै उनले भने, म छिटै काममा फर्कने आशामा छु र कुनै दिन परिवार बसाउन सक्छु।
पहिलोपटक सन २००५ मा अनुहार प्रत्यारोपण गरिएपछि अहिलेसम्म विश्वभर गरी ४० शल्यक्रिया सम्पन्न भइसकेको छ।