ओली र प्रचण्डविरुद्ध ऋषि कट्टेलले मुद्दा हाल्दै

Maitrinews

 

काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा सत्तारुढ दल नेकपाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा नाममा विधिवत् रुपमा हाम्रो दल निर्वाचन आयोगमा दर्ता रहेको अवस्थामा अन्य दललाई नेपाल कम्युनिष्ट पार्टी नेकपा भन्ने नाममा दर्ता दिने निर्वाचन आयोगको कदम गलत भएकाले मुद्दा दायर गर्न लागिएको हो,’ उनले भने ।

नाम हडपिएको भन्दै यसअघि निर्वाचन आयोग गएका कट्टेल कानुनी उपचारका लागि सर्वोच्च जान लागेका हुन्

केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको सत्तारुढ ‘नेकपा’लाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

निर्वाचन आयोगले सत्तारुढ दललाई ‘नेकपा’को रुपमा मान्यता दिए पनि चलनचल्तीमा लेख्दा ‘नेकपा’ लेखिने र बोल्दा दुवै उस्तै उच्चारण हुने भएकाले कट्टेल समूह विरोधमा छ ।