रगतको खोला बगाएर मज्जा लिने इतिहासकै क्रूर तानाशाह

Maitrinews

 

ब्लेड ड्राकुला इतिहासकै क्रूर तानाशाहा हुन् । उनी रोमानियन साम्राज्यका राजा तानाशाह थिए । ओटोमन साम्राज्य तथा टर्की साम्राज्यसँगको युद्धमा उनले ठूलो सङ्ख्यामा महिला तथा बालबालिकाको बर्बरतापूर्वक हत्या गरे । उनले नवजात शिशुसम्म पनि छाडेनन् । उनको रुप पनि भयङ्कर डरलाग्दो थियो । डरलाग्दो अनुहार, ठूला ठूला दाँत भएका उनकोे नामदेखि सबै डराउँथे । उनलाई मानिसको रगतप्रति अचम्मको आशक्ति थियो । उनी मानिसहरुलाई खुल्ला ठाउँमा सुत्न लगाएर त्यसमाथि घोडा दौडाई मानिसहरुको हत्या गर्दथे र रगतको खोला बगाएर मज्जा लिन्थे । हरेक बेलुका मानिसको रगत नबगाएसम्म उनलाई रातमा निद्रा लाग्दैनथ्यो । उनले झन्डै एक लाख मानिसलाई यातना दिएर मारेका थिए । त्यो बेला । सन् १४७६ मा यी तानाशाहको मृत्यु हुँदा सर्वसाधारणहरुले ठूलो उत्सव मनाए