प्रकाशमान सिंहको निवासमा देउवाविरोधी भेला

 

काठमाडौं । नेपाली काग्रेंसका प्रकाशमान सिंहको ठमेलस्थित निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू भेला भएका छन् ।
प्रस्तावित नयाँ विधानका अन्तरवस्तुमा विवाद भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाइतरका नेताहरूको भेला बसको हो । आइतबार बिहान नेता प्रकाशमान सिंहको ठमेलस्थित निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहित बसेको भेला करिब २ घण्टासम्म चलेको थियो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, कमला पन्त, दीलेन्द्र बडु लगायतका नोतहरुको सहभागीता थियो ।

छलफलमा सोमबारदेखि बस्ने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको नेताहरूले बताएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार भोलिदेखि सुरु हुने बैठकमा विधान मस्यौदामा एकरुपता जनाउने तयारीका लागि बैठक ढाकिएको हो ।

आइतबारदेखि सुरु हुने कांग्रेसको केन्द्रीय समिति बैठकमा आर्थिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन तथा विधान मस्यौदालाई अन्तिम रुप दिने तयारी छ । १० दिनदेखि पार्टीको विधान मस्यौदामाथि भइरहेको कांग्रेसको छलफल शनिबार सकिएको छ । पार्टीका पदाधिकारीले पनि केन्द्रीय सदस्यहरू झैं फरक– फरक धारणाराखेसँगै पौडेलसमूहले आफ्नो धाराणामा एकरुपता ल्याउन खोजेको बुझिएको छ ।