चीनमा बन्यो ३३६ कोठा भएको पाँचतारे भूमिगत होटेल

Maitrinews

 

सांघाई । चीनको शांघाईस्थित सोंगजियांग क्षेत्रमा एउटा अद्वितीय होटलको निर्माण भएको छ । यो होटल विशेष यस अर्थमा छ कि होटलको सबैजसो भाग जमिनमुनि छ ।
निर्माण सुरु भएको १२ वर्षमा निर्माण सम्पन्न भएको यो होटल अब सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
१८ तल्लाको यो होटलको अधिकांस भाग जमिनमुनि छ । यो विश्वकै पहिलो भूमिगत होटल हो । होटलको केवल दुई तलामात्रै जमिनमाथि छन् । जबकी सबैभन्दा तलका दुई तलाचाहीँ पानीको पोखरीमुनि छन् । ती दुई तलामा बस्ने पाहुनाले एउटा ठूलो अक्वारियममा बसेको अनुभव गर्दछन् ।

यो होटल बनाउन ५ सय जना आर्टिटेक्ट, इन्जिनियर तथा मजदुरले काम गरेका थिए । झण्डै ३२ अर्ब रुपैयाँको लागतमा यो होटलको निर्माण भएको छ । बेलायती आर्किटेक्ट मार्टिन जोकम्यानले यो होटलको डिजाइन गरेका हुन् ।
यो होटल जमिनबाट ८८ मिटर गहिराईसम्म रहेको छ । इन्टर कन्टिनेन्टल शांघाई वन्डरल्याण्ड नामक यो होटललाई शिमाओ क्वेरी नामबाट पनि चिनिन्छ ।
यो होटलको सबैभन्दा महंगो कोठामा बस्नका लागि एक रातको १४ हजार डलर तिर्नुपर्दछ ।
होटलमा ३३६ वटा कोठा भएको यो होटलमा रक क्लाइम्बिङ्ग तथा बन्जी जम्पिङको सुविधा पनि रहेको छ ।