जमिनभन्दा तीन हजार फिटमुनि रहेको अनौठो गाउँ

maitrinews

 

अमेरिकाको प्रसिद्ध ग्रान्ड क्यानोन नजिकैको ह्वासु क्यानोनस्थित सुपाई नामको भूमिगत गाउँ जमिनभन्दा तीन हजार फिट तल रहेको छ । यो गाउँ हेर्न बर्सेनि ५५ लाख मानिस एरिजोना जाने गर्छन् । ह्वासु क्यानोन नजिकै एउटा गहिरो खाडी छ । सोही खाडीमा उक्त गाउँ अवस्थित छ । सो गाउँको कुल जनसङ्ख्या २०८ जना रहेको छ । गाउँमा रेड इन्डियन जातिका मानिसहरु बस्दछन् । यो गाउँ बाहिरी आधुनिक दुनियाँबाट अलग्गिएको छ । त्यहाँ आवागमनका साधन पनि निकै सीमित रहेको छ । पैदल जानु वा खच्चडमा चढेर जानु दुईमात्र विकल्प छन् गाउँमा छिर्नका लागि । गाउँमा अहिलेसम्म चिठीपत्र तथा मालसमानको ढुवानी र आदानप्रदान खच्चडमा राखेर हुने गरेको छ ।