अनलाईन हुँदैमा सेयर बजार झ्याप्पै माथी उठ्छ भन्ने हुँदैन —चन्द्रसिंह साउद, प्रमुख कार्यकारी अधिकृत, नेप्से

maitrinews

 

लामो समयपछिको चर्चापछि नेप्सेमा अनलाइन कारोबार प्रणाली भित्रियो । तर त्यसपछि यसको स्वभाविक स्वागत लगानीकर्ताले गर्न सकेनन । लगानीकर्ताकै अपेक्षा विपरित यस्तो प्रणाली किन ल्याएकोे ?

नेपालमा अहिले करिब १५ लाख लगानीकर्ता छन् । ती सबैको भावना बुझ्नेगरी यो प्रणाली सुरु गरिएको हो । व्यक्तिगत चाहनामा यो ल्याएका होइनौं । सबै लगानीकर्तालाई उपयुक्त हुने र दोस्रो बजारमा पारदर्शी सेयर कारोबार गर्ने र गराउने गरी यो ल्याएका हौँ । सुरुमा यसको डिस्प्लेमा केहि समस्या आएको हुनाले यो अनलाईन सिस्टम राम्रो होईन की भन्ने लाग्नु स्वभाविकै हो । तर अघिल्ला दुई हप्ता र अहिलेको तुलनामा यो सिस्टममा त्यस्तो समस्या छैन । अहिले सबै लगानीकर्ताले राम्रै स्वागत पनि गरेका छन् । यसमा आश समेत बढेको छ । तर, बजारमा केही मान्छेहरु अनलाईन सिस्टम नआईदिएको भए हुन्थ्यो भन्ने पनि थिए । त्यस्ता मानिसहरुको कारणले पनि यदाकदा गडबड भएको हुनसक्छ । यो अन्तरराष्ट्रियस्तरको सिस्टम हो र पुरानो सिस्टमभन्दा राम्रो अनि ठुलो पनि हो । त्यसैले यो सिस्टम लगानीकर्ताकै हितमा भएन भन्नु अस्वभाविक हो । त्यसैले भोली लगानीकर्ताले यो प्रयोग गर्दै जाँदा बानी पर्नेछ ।

भेन्डरलाई पैसा तिर्न प्रारम्भिक तयारी नगरि अनलाईन ट्रेडिङ चाँडो सञ्चालनमा ल्याईयो भनेर विरोध पनि भयो नि ?

म यो क्षेत्रमा आएको एक बर्ष भयो । भेन्डर कम्पनीलाई ७ करोड रुपैयाँ म आउनुभन्दा पहिलै तिरिसकिएको थियो । अहिले उसले पाउने रकम पनि हामीले रोकिराखेका छौं । अहिलेसम्म बुझाइएको रकम पनि बैंक ग्यारेन्टी पछि मात्र तिर्ने हो । हाम्रो देशमा स्वतन्त्रता धेरै भएकाले जसले जे भनेपनि हुने भएकाले यसलाई कर्मकाण्डी भनेर आरोप लगाइएको हो । कसैले यस्तो समस्या आयो भनेर कम्प्लेन गरेमा त्यसलाई आत्मसात गर्नु हाम्रो कर्तव्य हो । विभिन्न सोसल मिडियामा आएका कुरा कसरी हामी कसले भन्यो भनेर ठम्याउन सक्छौ रु अनलाईन ट्रेडिङ पश्चात नेप्से लगानीकर्ताको अपेक्षाअनुसार बढेन उल्टै घट्यो भन्ने बहस पनि हुन थालेकोे छ । यसमा केही कारण देख्नुहुन्छ रु अनलाईन र मार्केटको इन्डेक्सको कुरा ठ्याक्कै मिल्दैन । अनलाईन आएर मार्केट एकैचोटी झ्याप्पै माथी उठ्छ भन्ने छैन । अनलाईन र मार्केटको कुनै सम्बन्ध हुँदैन । लगानीकर्ता उनै हुन, सिस्टम विकास भएको मात्रै हो । अहिले बजार विस्तारै बढी राखेको पनि छ । अहिलेको मार्केट तरलता अभाव तथा ब्याजदरको वृद्धिका कारणले पछी परेकै हो । अब मार्केट विस्तारै माथि बढ्दै पारदर्शी हुनेछ । अब नेप्सेको ईन्डेक्समा धेरै ठुलो ग्याप भने हुँदैन । यसमा अनलाईन सिस्टम आएपछि पारदर्शिता आउने अनुमान छ । बजारमा पहिले रहेका विभिन्न किसिमका आक्षेपहरु हटाउनमा यसल मद्यत पुर्याउँछ । देशका सबैजसो स्थानीय तहमा यसको सेवा पुग्नेछ । बजारमा डिमान्ड र सप्लाईले मार्केटमा मूल्य समायोजन हुन्छ । हामी हाम्रो तर्फबाट मार्केटमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि कामहरु थाल्छौँ । जसको एउटा उदाहरण अनलाईन पनि हो । यो सँगै हामी अन्य कामहरु पनि अघि बढाउँछौं । तर हल्लाको भरमा अनलाईन आएपछि मार्केट बढ्छ भन्ने कुराको पछि कसैले लाग्नु हुँदैन । त्यसैले राम्रोसँग बुभेर मात्रै लगानी गर्न सम्पुर्ण लगानीकर्तालाई आग्रह गर्छु ।
अनलाईन कारोबार प्रणाली आएपछि विदेशमा रहेका नेपालीले पनि लगानी गर्न सक्छन् भन्ने चर्चा थियो । यसमा के प्रगती भइरहेको छ ?

अहिले हामीले ल्याएको सिस्टम पनि फुलफेजकै हो । विदेशी लगानीकर्ताले लगानी गर्न पाउने भन्ने कुरा छुट्टै कुरा हो । यसको विषयमा होमवर्क र नितिनिर्माण गर्न पर्ने कुराहरु हुँदैछ । यो नितिगत कुरा हो । अनलाइन भनेको छुट्टै सिस्टम हो । यसमा पहल गर्नुपर्ने हाम्रो काम हो। ति कामहरु तथा छलफल पनि भएका छन । विदेशी लगानीकर्ता आएर पनि अनलाइन आएको जस्तो भन्ने होइन यसले पनि मार्केट बढ्दैन । विदेशमा बस्ने मान्छे पूँजीबजारका बारेमा धेरै कुरा जानेको हुन्छ । भोली लगानीकर्तालाई आइपर्ने समस्याको बारेमा पनि हामिले चनाखो हुनुपर्छ । यस विषयमा केही कामहरु अगाडी बढेका छन् । अनलाईनसँग एनआरएन जोडिदैन । हामीले दोस्रो बजारमा प्लेटफर्म दिने हो संसारका कुनै पनि कुनामा बसेर पनि अहिलेको सिस्टमले कारोबार गर्न पाईन्छ । बैंकलाई ब्रोकर लाईसेन्स दिने प्रक्रिया चाही कहाँ पुग्यो रु हालसम्म लाईसेन्स पाउँ भनेर कुनै पनि बैंकहरु हामीकहाँ आईपुगेका छैनन् । राष्ट्र बैंकका अनुसार यसका लागि एउटा सब्सीडरी कम्पनी खोल्नुपर्ने निति रहेकोले त्यहाँबाट स्विकृती लिएर हामीकहाँ आए भने हामी लाईसेन्स दिन्छौं । राष्ट्र बैंकसँग सहकार्य गरेर नै हामीले बैंकलाई पनि ब्रोकर लाईसेन्स दिने निर्णय गरेका थियौँ ।

ब्रोकरलाई मार्जिन लेन्डीङ दिने कुरा के भईरहेको छ ?

यसका लागि कुनै बैंकले राष्ट्र बैंकको स्विकृति लिनुपर्ने व्यवस्था थियो तर यो स्विकृति हामिले नै दिनुपर्छ भनेर कुरा राखेकोले केहि समय लागेको हो । यसको निर्णय सेबोनमा रहेको अवस्था छ । सायद राष्ट्र बैंकमा सेबोनले कुरा राखेको होला त्यहाँबाट आएपछि यसको कार्यान्वयनमा टुङ्गो लाग्नेछ । ब्रोकरलाई धेरै ठाउँमा शाखा खोल्न दिइएको छ ।

अहिलेसम्मको प्रगती के छ ?

रिमोट वर्क स्टेशन ९आरडब्लुएस० को मूख्य ब्रोकरबाट नियन्त्रण नभएकाले फरकजस्तो भएको थियो । बीचैमा हामी र सेबोनले छलफल गर्दा शाखाको रुपमा स्थापना गर्ने कुरा भईरहेको थियो । तर शाखाको रुपमा नियन्त्रण गर्ने संयन्त्र थिएन । पुरानो सिस्टममा यसलाई शाखाको रुपमा विकास गर्ने निति थिएन अब उहाँहरुले शाखाकै रुपमा नियन्त्रण गर्नुहुन्छ होला तर काठमाडौं बाहिर बुटवल, नारायणगढ, विराटनगर तथा चितवनमा यस्ता शाखाहरुले धेरै राम्रो काम गरेको देखिन्छ । आरडब्लुएस नयाँ अनलाईन आएपछि शाखाकै रुपमा विकास भएको छ । ब्रोकरको पूँजी बढाउने सन्दर्भमा नि रु हाल सबै ब्रोकर कम्पनीहरुले आफ्नो पूँजी २ करोड रुपैयाँ पुर्याइसकेका छन । तर मार्जिन लेन्डीङको कारोबार गर्नेभए ५ करोड पुर्याउनुपर्ने निर्णय भने लागु गरिएको छैन । कुनै पनि बैंकले मार्जिन लेन्डीङको कारोबार नगरेकाले उक्त निर्णयको कार्यान्वयन नभएको हो । ईन्साइडर इन्फर्मेसनबाट सेयर कारोबार हुने व्यापक हल्ला सुनिन्छ । यसलाई नेप्सेले कसरी नियमन गरेको छ रु यसको वास्तविकता के हो रु संसारमा ईन्साइडर ट्रेडिङको नियन्त्रण गर्न निकै कठिन विषय हो । हाम्रो देशमा यसको कुनै नियम पनि छैन र यसको ड्राफ्ट पनि सेबोनले तयार पार्दै छ । हामीले जानकारी पाएअनुसार यसको निरिक्षण गर्ने काम गरिरहेकै छौं । कतिपय ठाउँमा हालसम्म त्यस्तो भेटिएको त छैन तर सुन्नमा आउँछ । कुनै पनि चिज हल्लाको भरमा मात्रै गर्न नसकिने हुनाले हामी त्यसको पछि लाग्न हुँदैन । कुनै कम्पनीले बोनस सेयर लगायतका सेवा तथा सुविधा दिने बेलामा १५र२० दिन अगाडी नै बजारमा हल्ला फैलदा यसको प्रत्यक्ष असर बजारमा परिरहेको छ ।

फेरी केही दिनपछि नै कम्पनीले आफ्नो निर्णय परिवर्तन गरिरहेका भेटिन्छन् । यस्तो खालको ट्रेडिङमा नेप्सेको नियमन कम भएको हो ?

हामीले त्यस्तो कारोबार भएको भेटेमा सोध्ने गरेका छौं । हाम्रो अधिकार अनुसार सोध्ने तथा सतर्क गराउने गरेका छौं । यस्तो कार्यमा कुनैपनि प्रमाण नभेटिएसम्म हामी कारबाही अगाडी बढाउन सक्दैनौ तर यस्तो कार्यको नियन्त्रण गर्ने प्रयास भने हामीबाट भएको छ ।