छालाबाट बनाइए विचित्रका गहना

Maitrinews

 

अमेरिका । सुन, चाँदी, हिरा आदिबाट बनेका गहना त देखिएकै छ । तर अहिले सुन्दरता बढाउन धातुका होइन, अर्कै अनौठो खालका गहनाको ट्रेन्ड आएको छ । हालै अमेरिकाको न्युयोर्कको एक फेसन शो मा यो विचित्र गहना प्रदर्शन गरियो ।
छालाबाट बनेको विचित्र गहनाका तस्बिरहरु मिडिया प्लेटर्फम इन्स्टाग्राममा बिक्री भइरहेका छन् । यी गहना मान्छेको छाला नै तन्काएर बनाइएका हुन् कि जस्ता देखिन्छन् । प्लास्टिक सर्जरी गरेरै बनाइका जस्ता लाग्दछन्। तर वास्तवमा यो एक प्रकारको कला हो । न्युयोर्कमा प्रदर्शन गरिएका यी गहनाका तस्बिर सोसल मिडियामा निकै भाइरल बनेका छन् ।