नेकपा स्थायी कमिटी बैठक भोलि फेरि बस्नेगरी स्थगित

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आज जारी बैठक बुधबार बिहान बस्ने गरि स्थगित भएको छ ।
पार्टी कार्यालय धुम्बाराईमा आज बसेको बैठकमा स्थायी कमिटी सदस्यहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी ‘प्यासी’ र पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
अर्को बैठक भोलि बिहान ८ बजेदेखि पुनः बस्नेछ ।