अनेरास्ववियुको अगुवाईमा वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

Mohan Bastola

म्याग्दी । अहिले म्याग्दी जिल्लामा भ्रष्टाचार गर्नेहरु आत्तिन थालेका छन् । युवाहरुले नै भ्रष्चार नियन्त्रणको अभियान चलाएपछि त्यस जिल्लाका भ्रष्टाचारी आत्तिन थालेका हुन् । अहिले मुलुकमा नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकार छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीलाई पनि नछाड्ने दाबी गर्दै आउनुभएको छ । ओलीले त्यसो भन्दै गर्दा त्यही पार्टीको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका युवा नेता प्रकश पौडेलको नेतृत्वमा अहिले म्याग्दी जिल्लामा भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी ढंगले अघि बढेको छ । पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो।

बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले उक्त कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई सेवाग्राहीबाट रु ३४ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको थियो ।
आयोगको पोखरा कार्यालयका अनुसार काठ मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीबाट अधिकृत ठाकुरले पैसा मागेपछि ती उनले विद्यार्थी नेता पौडेललाई सूचना दिएका थिए ।