काभ्रेको आइटी पार्कमा सुपर कम्प्युटर

maitrinews

 

बनेपा । मुलुक सुपर कम्प्युटरको युगमा प्रवेश गरेको छ। नेपालको प्राज्ञिक उत्कृष्टतामा अगुवाइ लिइरहेको काठमाडौं विश्वविद्यालय केयूले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्युटर युगमा प्रवेश गरेको हो।

साधारण कम्प्युटरले भन्दा हजारौं गुणा छिटो गणना ९प्रोसेसिङ० गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर ९फिजिक्स० डा। राजेन्द्र अधिकारी बताउँछन्। उनले भने, ‘तीव्र गणना तथा विशाल संग्रहण क्षमताका कारण सुपर कम्प्युटर धेरै क्षेत्रको अनुसन्धानमा उपयोगी हुन्छ। अहिले नेपाली वैज्ञानिक तथा इन्जिनियर ठूलो स्तरको ‘डाटा प्रोसेसिङ’ का लागि अन्य देशमा निर्भर हुनुपर्दा अनुसन्धान ढिलो भइरहेको छ।’

नेपालमै सुपर कम्प्युटरको प्रयोगबाट भूकम्प प्रतिरुपण ९अर्थक्वेक मोडेलिङ०, जलवायु परिवर्तन, एचवानएनवान भाइरस नियन्त्रण, रोगको आनुवंशिक विश्लेषण, वातावरणीय तथ्यांक विश्लेषणलगायत कैयन् विषयमा उच्चस्तरका अनुसन्धान गर्न सम्भव भएको अधिकारीको बताउँछन्। ‘डाटा प्रोसेसिङका लागि अन्य मुलुकको भर पर्नुपर्दा नेपालको अध्ययन र अनुसन्धान खुम्चिएको थियो। आइटी पार्कमा सुपर कम्प्युटर प्रवेशसँगै अध्ययनअनुसन्धानका लागि असीमित सुविधा उपलब्ध भएको छ’, उनले भने।

नेपालको प्राज्ञिक उत्कृष्टतामा अगुवाइ लिइरहेको काठमाडौं विश्वविद्यालय ९केयू० ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्युटर युगमा प्रवेश गरेको छ।
अन्य देशमा अनुसन्धानकर्ताले स्वास्थ्यसम्बन्धी पुराना अभिलेखलाई भविष्य सूचकका रूपमा विश्लेषण गर्न अत्यावश्यक ठान्ने गरेकै कारण ती देशमा ठिक उपचार विधि र पूर्वसावधानीका उपायबारे तथ्यगत निर्णय हुँदै आएको अधिकारीको भनाइ छ। ‘नेपालका अस्पतालले नयाँ बिरामीको डाटो संग्रहणका लागि ठाउँ ९स्पेस० निकाल्ने उद्देश्यले पुराना फोटोजन्य अभिलेखहरू एमआरआई, पेटस्क्यान, सिटी स्क्यान आदिलाई आवधिक रुपले हटाउनुपर्ने बाध्यता छ। विकसित मुलुकहरूमा भने यस्ता अभिलेखका आधारमा चिकित्सकले उपचार पद्धतिमा सुधार गर्दै जान्छन्। यसैले उनीहरूको उधिमा प्रभावकारिता देखिएको छ’, उनले भने।

केयूले जेनेभास्थित विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला सर्न ९युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्च० को सहयोगमा सुपर कम्प्युटर, नेटवर्क स्विचका साथै अन्य उपकरण प्राप्त गरेको हो। सन् २०१३ देखि नै सर्न र इन्टरनेसनल सेन्टर फर थ्योरिटिकल फिजिक्स ९आइसिटिपी० सँग केयूले सहकार्य गर्दै आएको छ। यही सहकार्यका कारण सुपर कम्प्युटर प्राप्तिमा थप सहयोग मिलेको रजिस्ट्रार प्राध्यापक सुबोध शर्माले बताए।

आइटी पार्कमा स्थापना भएको सुपर कम्प्युटरमा १ सय ८४ वटा कम्प्युटर सर्भर, १६ वटा स्टोरेज सर्भर, १२ वटा हाइस्पिड स्विच छन्। यस्तै, ग्राफिक्स प्रोसेसिङ युनिट ९जिपियू० नोड भएको ५ हजार कोरको ‘टाइटन भी’ कार्ड पनि छ। पार्कको बिजिनेस ब्लकको ६ वटा र्‍याकमा रहेको सुपर कम्प्युटरको वजन करिब ५ टन छ। अमेरिकास्थित युनिभर्सिटी अफ अर्कान्ससले पनि सुपर कम्प्युटरका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ।

‘केयूले सुपर कम्प्युटर भित्र्याए पनि त्रिविसहित नेपालका अन्य विश्वविद्यालय, अस्पताल तथा मेडिकल कलेज, सरकारी निकाय, गैरसरकारी निकाय तथा अनुसन्धानमा कार्यरत निजी क्षेत्रले यसमा काम गर्ने अवसर पाउनेछन्’, रजिस्ट्रार शर्माले भने।

मुलुककै लागि पहिलो सुपर कम्प्युटर भएकाले यसको दिगो सञ्चालन, संरक्षण, प्रवद्र्धन र विस्तारका लागि केयूको अगुवाइमा राष्ट्रिय स्तरको सञ्चालक समिति गठन गर्ने नीति रहेको उनले बताए। ‘सोही समितिले नेपालको वैज्ञानिक अनुसन्धान र प्रविधिको विकासमा सुपर कम्प्युटर सुविधाको अधिकतम प्रयोगका निम्ति प्रत्याभूतिसमेत दिनेछ’, शर्माले भने।

केयूले ल्याएको सुपर कम्प्युटर दक्षिण एसियामै भारतपछिको सबैभन्दा ‘फास्ट’ रहेको असिस्टेन्ट प्रोफेसर अधिकारीको दाबी छ। ‘यसको मुख्य काम कम्प्युटिङ हो। साथै स्टोरेजसमेत गर्न सकिन्छ। हालको आई सेभेन किसिमका तीन हजार डेस्क्टप कम्प्युटरले गर्ने काम एकैपटक सुपर कम्प्युटरमा गर्न सकिन्छ’, उनले भने।

सुपर कम्प्युटरले समानान्तर प्रोसेसिङअन्तर्गत एकैसाथ धेरै प्रकारका इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिने कामको परीक्षणसमेत केयूमा भइसकेको छ। ‘हामीले सर्नबाट प्राप्त ओपन एक्सेसका धेरै ठूलाठूला डाटालाई लिएर ३५ जना विद्यार्थीलाई विश्लेषण गराइसकेका छौं। यसमा सेकेन्डभन्दा कम समयमै धेरै डाटा विश्लेषण गर्न सकियो। साधारण कम्प्युटरले भन्दा हजारौं गुणा छिटो सुपर कम्प्युटरले गणना गरेको र इमेजको प्रोसेसिङ पनि उच्च क्षमताको रहेको पायौं’, अधिकारीले भने।

सन् १९२० मा कोलम्बिया विश्वविद्यालयले अनुसन्धानमूलक कार्यका लागि सुपर कम्प्युटर बनाएको थियो। त्यसको ४४ वर्षपछि सेमोर क्रेले यसलाई व्यावसायिक रूप दिएका हुन्। यतिखेर विश्वमा कसले कति ‘फास्ट’ सुपर कम्प्युटर बनाउने भन्ने होडसमेत चलेको पाइन्छ। सुपर कम्प्युटरको र्‍याकिङ गर्ने द टप५०० डट ओआरजीका अनुसार यस दौडमा अमेरिका, चीन, स्विट्जरल्यान्डलगायत देश अग्रणी छन्। २०१८ को नोभम्बरसम्म संसारकै उच्च गतिका दस सुपर कम्प्युटरमध्ये पहिलो र दोस्रो अमेरिका, तेस्रो र चौथो चीन, पाँचौं स्विट्जरल्यान्ड, छैंटौं अमेरिका, सातौं जापान, आठौं जर्मनी, नवौं र दसौं अमेरिकामा छन्। सोही संस्थाका अनुसार २०१८ को नोभेम्बरसम्म उत्कृष्ट पाँच सय सुपर कम्प्युटरमध्ये दुई सय २७ वटा चीनसँग, एक सय नौ वटा अमेरिकासँग, ३१ वटा जापानसँग, २० वटा बेलायतसँग र १८ वटा फ्रान्ससँग छन्। छिमेकी मुलुक भारतमा भएका सुपर कम्प्युटरहरू प्रत्युष ९४५औं०, मिहिर ९७३ औं० र अन्य दुई सुपर कम्प्युटर ३३७ औं र ४८८ औं स्थानमा छन्।

२०७२ चैत २४ गते सूचना प्रविधि विभागसँग समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर गरेको केयूले आइटी पार्कमा नवीनतम् अनुसन्धानका लागि आइओटी रिसर्च ल्याब सुरु गरिसकेको छ। यस्तै, बिजिनेस इन्कुबेसन र फिनिसिङ स्कुलका रूपमा केयूले एजुकेससनल इन्नोभेसन सेन्टरसमेत सञ्चालनमा ल्याएको छ। अहिले आइटी पार्कमा भित्रिएको सुपर कम्प्युटर नेपालकै लागि गौरव र सबैभन्दा ठूलो उपलब्धिमूलक भएको राजिस्ट्रार शर्माको भनाइ छ।